२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कारबाही फुकुवा भ्रम छर्न गरियो, कुनै हालतमा मान्न तयार छैन् : गोविन्दराज जोशी


0
Shares

काठमाडौं, १९ चैत्र । नेपाली काग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीका कुनै व्यक्तिसंग यसबारे आफ्नो छलफल नभएको पनि स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत विज्ञप्ती जारी गर्दै जोशीले आफूमाथिको कारबाही सिंगो नेपाली काङ्ग्रेसलाई सक्काउन लागि गरेको टिप्पणी गरे ।

उनले लेखेका छन्,‘१०औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ ।’

यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको उनले गुनासो पोखेका छन् । ‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टिमा सैदान्तिक बिचलन ल्याउनेहरु बाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।’ उनले लेखेका छन् ।

उनले कांग्रेसले आफूहरुसँग सम्बन्धित मान्छे सँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई मान्न तयार नभएको उल्लेख गरेका छन् ।

कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्वसहमहामन्त्री जोशी र कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

कारबाही फुकुवा गरिएका नेताहरुको पुरानै क्रियाशील सदस्यता कायम हुने भएको छ । २०७९ अघिका निर्वाचनमा बागी उम्मेदवारी दिएका चितवन, तनहुँ र बाराका नेताहरूमाथिको अनुशासनको कारबाही पुरानै क्रियाशील सदस्य काययम हुने गरी फुकुवा गर्ने निर्णय बैठकले गरेको छ ।

चितवनका पूर्वसभापति कोइरालाले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध चितवन–४ मा बागी उम्मेदवारी दिएका थिए ।

पूर्वसहमहामन्त्री जोशीले २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । पौडेललाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले २४ पुस २०७५ मा जोशीमाथि अनुशासनको कारबाही गरेको थियो ।

 

प्रतिक्रिया