५ आश्विन २०८१, शनिबार | September 22, 2024

देउवा र ओलीबीच चर्काचर्की


1.6k
Shares

काठमाडौं, २५ वैशाख । ‘ओलीजी तपाईँ को हो ? प्रतिपक्षीलाई बोल्न नदिने ?’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कडा रुपमा प्रस्तुत भए सभामुख देवराज घिमिरेले मंगलबार मुख्य दलहरुसँगको सामूहिक बैठकमा ।

देउवाले काँग्रेसका तर्फबाट रमेश लेखकलाई बोल्न लगाएका थिए । उनले बोल्दा बोल्दै ओलीले रोकेपछि देउवा झोक्किए । ओलीले भने काँग्रेसप्रति कटाक्ष गरे ।

सहकारी ठगी प्रकरणमा रास्वपा अध्यक्ष समेत रहेका गृहमन्त्री रवि लामिछानेविरुद्ध छानविन गर्न संसदीय समित गठनको अडानमा काँग्रेस र राप्रपा कायमै रहेपछि कुरा मिल्न सकेन । ओेलीले रविको बचाऊ गर्दै बोलेपछि चर्काचर्की नै भयो ।

सहकारी ठगी प्रकरणमा समग्रमा छानविनको विषय पनि उठ्यो । तर, काँग्रेस रविप्रति नै लक्षित देखियो । रविले पनि संसदमा बोल्न पाऊँ भनी निवेदन हालेका छन् ।

बैठकमा राप्रपाले पनि काँग्रेसकै पक्ष लिएर छानविन समिति गठनको अडान लिएको छ । प्रधानमन्त्री प्रचण्ड रविको नाम उल्लेख नगरी छानविन समिति गठनको पक्षमा छन् ।

प्रतिक्रिया