४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ईट्टाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा पूर्वमन्त्री आलम दोषी ठहर


1.2k
Shares

काठमाडौं, १३ वैशाख । पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित चार जना रौतहटमा ईट्टाभट्टामा िजिउँदै मान्छे जलाएको घटनामा दोषी ठहर भएका छन् । बिहिबार रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको छ ।

जन्मकैद सजाय हुनेहरुमा आलम, उनका भाई मोहम्मद महताभ आलम, शेष सेराज र बद्री सहनी छन् ।

२७ चैत्र २०६४ मा चुनावको पूर्वसन्ध्यामा आलमको समूहले बम लुकाएको स्थानमा दुर्घटनाले बिष्फोट हुँदा केही व्यक्ति अङ्गमङ्ग भई घाइते भएका थिए । उनीहरुमध्ये केहीलाई ईट्टाभट्टामा हालेर हत्या गरिएको थियो ।

घटनामा भागेर ज्यान जोगान सफल भएकाले यसको खुलासा गरेका थिए । तर, निकै कडा संघर्षपछि मात्र २०७६ को कात्तिक १८ मा मुद्दा दायर भयो ।

प्रतिक्रिया