३ कार्तिक २०८१, शनिबार | October 20, 2024

रिहर्सल गर्दा नौसेनाका दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु


996
Shares

एजेन्सी,११ वैशाख । मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर मङ्गलबार रोयल मलेशियन नेवी परेडको पूर्वाभ्यासका क्रममा आकाशमै ठोक्किँदा १० जनाको मृत्यु भएको छ । नौसेनाले विज्ञप्तिमार्फत यो जनाएको दिएको हो ।

रोयल मलेशियन नेवी परेड रिहर्सलको क्रममा धेरै हेलिकप्टरहरू उडिरहेका थिए, जसमध्ये दुई एक्कासी धेरै नजिक आए र एउटा दुखद दुर्घटना हुन पुग्यो ।

हेलिकप्टरहरू उत्तरी पेराक राज्यको नौसेना आधारमा अर्को महिना नौसेनाको ९० औँ वार्षिकोत्सव मनाउन प्रशिक्षण गरिरहेका थिए जब दुर्घटना भएको नौसेनाले बताएको छ ।

सबै यात्रुको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको बताइएको छ । शव पहिचानका लागि अस्पताल पठाइएको उनले बताए ।

 

प्रतिक्रिया