१ मंसिर २०८१, शनिबार | November 17, 2024

विश्वासपात्रले पनि बाबुरामलाई छाडे


830
Shares

काठमाडौं, ३ वैशाख । विश्वदीप पाण्डे कुनैबेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका विश्वासपात्र मानिन्थे । बाबुरामको स्वकीय सचिव समेत रहिसकेका विश्वदीप हरेक दुःख सुखमा बाबुरामलाई साथ दिदै आए । तर, उनले अहिले आएर बाबुरामलाई छाडिदिएका छन् ।

पाण्डे नेकपा माओवादी केन्द्रमा जोडिएका छन् । उनले सोमबार विहान आफूले नेपाल समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । त्यसपछि प्रचण्डलाई बालुवाटारमा भेटी माओवादी प्रवेशको घोषणा गरे ।

विश्वदीपले सामाजिक सञ्जालमार्फत् केही वर्ष उतारचढाव, भोगाई र अनुभूतिसँगै नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका छन् । उनले वामपन्थी शक्तिबीचको एकतामा समेत जोड दिएका छन् ।

प्रतिक्रिया