२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रुस-युक्रेन युद्ध: कस्ले जित्ला ?


913
Shares

एजेन्सी, २५ चैत्र । रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । रुसले युक्रेनमाथि हमला गरेपछि सुरु भएको युद्धमा कसैले पनि जित निकाल्न सकेका छैनन् । न त युद्ध रोकिने संकेत छ ।

विश्वकै आणविक शक्तिशाली मुलुक रुसलाई पराजित गर्न युक्रेनका लागि सम्भव देखिदैन । तर, युक्रेनले अमेरिका, बेलायत, फ्रान्सलगायत नाटोसम्वद्ध मुलुकको साथ पाइरहेको छ । जसका कारण युद्ध लम्बिरहेको छ ।

युक्रेन नाटोमा सहभागी हुन लाग्दा रुसले विरोध गर्दै हमलासम्म पुगेको हो । युक्रेनलाई नाटोमा सहभागी गराउन रुसलाई सहमत गराउने अमेरिकालगायत देशहरुले वाध्यकारी अवस्था बनाउन खोजिरहेका छन् । तर, रुस टसमस भएको छैन ।

युद्धका कारण सबैभन्दा ठूलो क्षति युक्रेनलाई भएको छ । रुसले भने आर्थिक वृद्धि झन् बढी हासिल गर्न सक्नु रोचक पक्ष हो । तेलको मूल्यवृद्धिले रुसलाई नै लाभ मिलेको छ । रुस तेल, ग्याँस र हतियार बेचेर धनी बनेको देश हो । विश्व बजारमा कच्चा तेलको मूल्य बढेर एक सय डलर पुग्ने प्रक्षेपण छ । यसअघि तेलको मूल्य कोरोना कहरका बेलामा २० डलरमा झरेको थियो ।

रुसको तेलमा नाटो देशहरुले प्रतिबन्ध लगाएका छन् । तर, उसले चीन र भारतलाई सस्तो मूल्यमा तेल बेचिरहेको छ । यसको लाभ चीन र रुसले पनि लिइरहेका छन् ।

रुससँग गहुँ, तोरी जस्ता खाद्यान्नको भण्डार छ । ती खाद्यान्नको पनि मूल्य बढेको छ । अफ्रिकामा त्यस्ता खाद्यान्न बेचेर या सहुलियतमा पठाएर रुसले प्रभाव बनाउन सकेको छ ।

युद्धले मानवीय क्षति भने भोगेको छ रुसले । तर, उसले आर्थिक लाभ कसरी लिन सकिरहेको छ भन्ने चासो बन्न सक्छ । रुस युक्रेनको धेरै भूभाग हडप्न सफल भएको छ । क्रिमिया रुसले लिएको छ जुन क्षेत्र सामरिक दृष्टिले महत्वपूर्ण छ । युद्धले सबैभन्दा नोक्शान युक्रेनलाई छ । तर, युद्ध अझै लम्बिने संकेत देखिएको छ ।

प्रतिक्रिया