३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्डको टेलिकम माफियासँगको साँठगाँठको रहस्य ‘कुकुल्यान्ड’ ले खोल्यो


2.3k
Shares

काठमाडौं, २२ चैत्र । यतिबेला चर्चामा छ खोजपत्रकार टमले बर्गिसले लेखेको कुकल्यान्ड पुस्तक । उनले विश्वभरका टेलिकम माफियाहरुको सञ्जालको सनसनीपूर्ण खुलासा पुस्तकमार्फत् गरेका छन् ।

कुकल्यान्डमा नेपालका शासकहरुको टेलिकम माफियासँगको साँठगाँठको खुलासा गरिएका छ । जसमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबारे पनि उल्लेख छ । प्रचण्डको व्यवसायी अजय सुमार्गीसँगको सामिप्यता देखि पूर्वराजा ज्ञानेन्द्र शाहको ज्वाईँ राजबहादुर सिंहसँगको सम्बन्धबारे पनि खोलिएको छ ।

लाजिम्पाटमा प्रचण्ड विगतमा बसेको घर सुमार्गीले खरिद गरेको विषय पनि उल्लेख छ । सुमार्गीले विदेशबाट पैसा ल्याएको विषय पनि पुस्तकमा उल्लेख छ ।

कुकुल्यान्ड पुस्तकले टेलिकम क्षेत्रको व्यवसायिक डिलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उज्वेकस्तानका पूर्व शासककी छोरी गालिना कारिमोभा देखि नेपालका नेताहरुसँग सम्बन्ध बनाएर मोहम्मद अमेरसी नामका टेलिकम विचौलियाले लाभ लिए भन्ने उल्लेख छ ।

टेलियासोनेराको विषय पनि पुस्तकमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डसँग टेलियासोनेराका कार्यकारी प्रमुख लार्स नेइबर्गले आफ्ना विश्वासपात्रहरुसहित भेटेको पुस्तकमा भनिएको छ ।

कुकल्यान्डले एनसेलको खरिदविक्रीमा भएको अनियमितताको पाटो पनि उजागर गरिदिएको छ । यसले सामसुम पार्न खोजिएको एनसेल प्रकरण फेरि चासोमा पर्ने भएको छ ।

प्रतिक्रिया