७ आश्विन २०८१, सोमबार | September 23, 2024

ट्रक यातायात व्यवसायी महासंघले सरकारलाई बुझायो १९ बुंदे सुझाव


12.8k
Shares

काठमाडौं,४ चैत्र । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सरकारलाई यातायात क्षेत्र सुधारको लागि तत्काल गर्न सकिने सम्भावनाहरु बारे ध्यानाकर्षण गराएको छ ।

महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको पदाधिकारीसहितको टोलीले उपप्रधान एंव गृहमन्त्री रवि लामिछाने र उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसमक्ष आइतबार १९ बुंदे सुझावहरु प्रस्तुत गरेको महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।

संघले सवारी दुर्घटनापश्चात व्यहोर्नुपरेको क्षतिपुर्ति तथा औषधी उपचार लगायत संस्था दर्ता २०३४ अन्तर्गतका संघ संस्थालाई निरन्तरता दिनुपर्ने,सार्वजनिक सवारीको दायरामा सम्पुर्ण भाडाका सवारी साधनलाई अटाउनुपर्ने,यातायात निर्देशानलय वा यातायात प्राधिकरण बनाउनु पर्ने लगायतका सुझाव पेश गरेको छ ।

सबै दुर्घटना चालककै लापरवाहीबाट मात्र नहुने भएको हुँदा दुर्घटनाको एकिन गल्तीको आधारमा कारबाही र क्षतिपुर्ति भर्ने व्यवस्था हुनुपर्ने महासचिव बानियाँको भनाइ छ । उनले सवारी दुर्घटनालाई छिटो छरितो तरिकाबाट न्याय दिलाउन सरकारी छुट्टै संयन्त्र बन्नुपर्ने माग गरे । जसमा यातायात व्यवसायी र यातायात मजदुरको पनि प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिए ।

समग्र यातायात क्षेत्रको सुधारका लागि नीजि क्षेत्रलाई थप व्यवसायिक र जिम्मेवार बनाउनु पर्ने महासंघको माग छ ।

 

 

प्रतिक्रिया