३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सहकारी प्रकरणबाट जोगिन रवि लामिछानेले सीआइबी प्रमुख बज्राचार्यलाई बनाए तारो


1.4k
Shares

काठमाडौं, २ चैत्र । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले सीआइबी प्रमुख एआइजी किरण बज्राचार्यको सरुवाका लागि दबाब दिएका छन् । उनले योजनावद्ध तरिकाले सुन प्रकरणमा बज्राचार्यको नाम मुछेर सरुवाको दबाब दिएका हुन् ।

सीआइबीले सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न टोली बनाएको थियो । टोलीले लामिछानेनिकट जीबी राईमाथि अनुसन्धान गरी पक्राउका लागि इन्टरपोलमार्फत् रेडकर्नर नोटिश जारी हुने वातावरण बनाएको थियो ।

बज्राचार्यमाथि सुनकाण्डको अनुसन्धानमा त्रुटी गरेको आरोप लगाइएको छ । सुनकाण्डको छानविन गर्न गठित आयोगको रिपोर्ट लामिछानेले बुझाएका छन् । अनुसन्धान अझै पूरा नभएको भन्दै उनले फेरि छानविन गराउने बताइसकेका छन् ।

लामिछानेले सहकारी ठगी प्रकरणको ध्यान अन्यत्र मोड्न खोजेका छन् । सहकारीको नेटवर्कमार्फत् लामिछानेले धनराशी र जनशक्ति दुवै निर्माण गरेको तथ्य नेपाल पेनले पत्ता लगाएको छ । यही नेटवर्क र धनमार्फत् उनले आफूले खोलेको दललाई ऊर्जा दिलाएका थिए ।

लामिछानेको दलभित्र सहकारी ठगी प्रकरणमा मुछिएका र त्यही प्रकारका ठूलै टिम रहेको छ ।

कमलपोखरी माँसेर छायाँ सेन्टर सञ्चालन गर्ने सुमन पाण्डे पनि रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छन् ।

प्रतिक्रिया