१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट


October 30, 2026
747
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले आज फुलकोर्ट (पूर्ण बैठक) बोलाएका छन्। आज इजलास बस्नुअघि पूर्ण बैठक बस्ने तयारी गरिएको हो।

पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएपछि उत्पन्न विवादबारे बैठकमा छलफल हुने बताइएको छ।

न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्रै नभई अन्य न्यायाधीशहरूले समेत सामूहिक रूपमा भेट गरेको प्रतिक्रिया दिएपछि यो विषयले न्यायिक वृत्तमा थप चर्चा पाएको छ।

फुयाँलको उक्त अभिव्यक्तिपछि भेटमा को–को सहभागी थिए, भेटको प्रकृति र त्यसको औचित्य के थियो भन्ने विषयमा प्रश्न उठिरहेका छन्। यही विवादका बीच प्रधानन्यायाधीश शर्माले फुलकोर्ट बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

आजको बैठकमा यस विषयले प्रवेश पाउने र न्यायालयभित्र उठेका प्रश्नबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया