१५ भदौ २०८३, सोमबार | August 31, 2026

माथिल्लो त्रिशूली–१ मा फसेकाहरूका आफन्त घटनास्थलतर्फ लागे


August 31, 2026
0
Shares

काठमाडौं १५ भदौ । रसुवाको बाढीपछि माथिल्लो त्रिशूली–१ आयोजनामा फसेकाका आफन्त कम्पनीसँग सहमति भएपछि दुई हेलिकप्टरमार्फत घटनास्थलतर्फ गएका छन् ।

आफन्तले पाँच दिनसम्म अवस्थाबारे जानकारी नदिएको भन्दै एनडब्लूईडीसी कार्यालयमा धर्ना दिएका थिए र जीवित भए उद्धार, नभए शव उपलब्ध गराउन माग गरेका थिए ।

सहमतिअनुसार कम्पनीले हेलिकप्टर, उद्धार टोली, यातायात, कर्मचारीको अवस्था, सीसीटीभी फुटेज र एक्सन प्लान उपलब्ध गराउने भएको छ ।

उनीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित काठमाडौं थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी ९एनडब्लूईडीसी० को कार्यालयमा धर्ना दिएका थिए । त्यसपछि कम्पनी र आफन्तबीच सहमति भएपछि घटनास्थलतर्फ गएका हुन् ।

 

प्रतिक्रिया