१३ भदौ २०८३, शनिबार | August 29, 2026

सेफ फोडेर पैसा निकालेको घटनामा को–को पक्राउ परे ?


August 29, 2026
0
Shares

भोटेकोशी । त्रिशूलीको बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।

घटनामा २९ जनालाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार दिउँसो दिएको हो।

पक्राउ पर्नेहरूमा धादिङको गल्छि गाउँपालिका-४ मासटारका २७ वर्षीय पवन पौडैल, ४१ वर्षीय वीरबहादुर राना, ३५ वर्षीय विनोद गिरी, ३३ वर्षीय नवराज भेटुवाल, ४० वर्षीय पूर्णलाल श्रेष्ठ, ३१ वर्षीय विष्णुमणि अधिकारी, ३६ वर्षीय कृष्ण मगर, ४९ वर्षीय शिव बहादुर रानामगर, ४६ वर्षीय युवराज अधिकारी, ४७ वर्षीय सुशासन्त श्रेष्ठ, ४६ वर्षीय सुचिम बहादुर राना, २४ वर्षीय सविन श्रेष्ठ, ४३ वर्षीय प्रेम बहादुर राना, १९ वर्षीय अनिल भेटुवाल छन्।

त्यस्तै ४९ वर्षीय रामशरण सुवेदी, ३८ वर्षीय मिनबहादुर राना, ३२ वर्षीय देवेन्द्र राना, ३१ वर्षीय दिपक तामाङ, ३६ वर्षीय राजकुमार भेटुवाल, २९ वर्षीय दिनेश अधिकारी, ३० वर्षीय दिनेश पुलामी, ३० वर्षीय टेकबहादुर राना, ३२ वर्षीय सन्तोष श्रेष्ठ छन्।

गल्छि-८ सिमपानीका ३६ वर्षीय सानुभाइ श्रेष्ठ, सिद्धलेक गाउँपालिका-७ आदमटार बस्ने ४९ वर्षीय सानुभाइ श्रेष्ठ, चितवनको राप्ति नगरपालिका-६ घर भई अहिले गजुरी गाउँपालिका-८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले, ३२ वर्षीय नारायण श्रेष्ठ, २० वर्षीय अग्नि आले र पर्साको बहुदरीमाइ-९ घर भई हाल गजुरी-६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी पक्राउ परेका हुन्।

उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  उनीहरूले बाढीले बगाएर ल्याएको सेफ गल्छि गाउँपालिका-४ बेल्खुखोला स्थित त्रिशूली नदी किनारमा फेला पारेका थिए।

स्थानीयहरूसहितले उक्त सेफ तोडफोड गरी त्यहाँ रहेको नगद पैसा आफूखुशी निकालेर चोरी गरेको भनी प्रहरीले शुक्रबार खबर पाएको थियो। सेफमा कति पैसा थियो भन्ने अझै खुलेको छैन। घटनामा अन्य व्यक्तिहरूको पनि संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूबारे अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।

प्रतिक्रिया