५ भदौ २०८३, शुक्रबार | August 21, 2026

स्वर्णिम वाग्लेसँग आफ्नै कार्यकर्ता किन भए आक्रोशित ?


August 21, 2026
0
Shares

काठमाडौं । सरकारले करका लागि सीमा क्षेत्रमा गरेको कडाइको विषयलाई लिएर अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग आफ्नै कार्यकर्ता आक्रोशित बनेका छन् ।

मन्त्रीहरूले नागरिकसँग दोहोरो संवाद गर्ने गरी सुरु गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा अर्थमन्त्री वाग्लेको कार्यप्रति कार्यकर्ताले असन्तुष्टि पोखेका हुन् । प्रश्न उठाएका हुन् । बिहीबार साँझ भएको उक्त संवादमा मधेशका एक कार्यकर्ताले आक्रोश पोखेका हुन् ।

भारतबाट किनमेल गरेर फर्केका नेपाली नागरिकलाई करका लागि गरिएको कडाइप्रति उनले आक्रोश पोखेका थिए ।

अर्थमन्त्रीप्रति रुष्ट उनले भने, ‘हजुरले जुन अर्थनीति बनाउनु भएको छ । यो नेपालको हो कि अमेरिकाको ? यो हिमाल, पहाड, तराईको हो कि अमेरिकाको हो ?’

प्रतिक्रिया