रास्वपाका सांसदलाई तेस्रो पटक प्रशिक्षण दिइँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी साउन २९–३१ सम्म सांसदहरूका लागि प्रशिक्षण दिने भएको छ । संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि पार्टीले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिन लागेको हो ।
ललितपुर गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यसअघि दुई पटक दिएको प्रशिक्षण अपुग भएकाले पार्टीले तेस्रो पटक कार्यक्रम राखिएको हो ।
पार्टीको नीतिलाई केन्द्रमा राखेर सांसदहरूको सुझाव अनुसार प्रशिक्षणको कार्यतालिका तय हुने धितालले बताइन् ।
यसअघि २०८२ साल चैत ३ र ४ गते ललितपुरको होटेल टुलिप र वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा प्रशिक्षण कार्यक्रम राखिएको थियो ।


