२७ श्रावण २०८३, बुधबार | August 12, 2026

राइडरहरुको माग सम्बोधन होला !


August 12, 2026
83
Shares

काठमाडौं, २७ साउन । राइडरहरूले उठाउँदै आएका विभिन्न मागहरूमा सहमति भएको छ। आज पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा राइडरहरूको माग समाधानका लागि औपचारिक रूपमा वार्ताको प्रक्रिया अगाडि बढाउने छलफल भएको हो।

स्वतन्त्र चालक फाउन्डेसन नेपालमार्फत प्राप्त भएको राइडरहरूको मागपत्रमा उल्लेखित सम्पूर्ण विषयहरूलाई गम्भीरतापूर्वक लिँदै त्यसको न्यायोचित सम्बोधन गर्नका लागि सरोकारवाला पक्षहरूबीच आन्तरिक छलफलसमेत गरिएको छ ।

समस्याको दिगो समाधान खोज्नका लागि पूर्वाधार विकास मन्त्रालय, स्वतन्त्र चालक फाउन्डेसन नेपाल, आइओइ पुल्चोक, अन्य राइड सेयरिङ कम्पनीहरू लगायतका सम्पूर्ण सम्बन्धित पक्षहरूसँग समन्वय गरी वार्ताको माध्यमबाट यथाशीघ्र निकास निकाल्ने तयारी भइरहेको छ।

आपसी संवाद र वार्तामार्फत नै सम्पूर्ण समस्याहरूको हल खोजिने भएपछि, हालको लागि सडकमा जारी रहेको आन्दोलनका कार्यक्रमहरू तत्काल स्थगित गरी धैर्य तथा संयम कायम गर्न राइडरहरूलाई निर्देशक रिता पोखरेलद्वारा अपिल गरिएको छ।

प्रतिक्रिया