२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

मूल्याङ्कनकर्ताको निर्देशिका बनाउन राष्ट्र बैंकले गठन गर्‍यो कार्यदल


August 11, 2026
664
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मूल्याङ्कनकर्तासम्बन्धी निर्देशिका निर्माणको प्रक्रिया अघि बढाएको छ। यसका लागि राष्ट्र बैंकले सात सदस्यीय कार्यदल गठन गरेको हो।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था विभागका संयोजक प्रमुख रामु पौडेलको अध्यक्षतामा गठित कार्यदलमा नेपाल भ्यालुअर्स एशोसिएशन ९एनभिए०का केन्द्रीय अध्यक्ष इ। संजयकुमार महतो सदस्य रहेका छन्। नेपाल बैंकर्स एशोसिएशनका तर्फबाट समेत एक जना प्रतिनिधि कार्यदलमा सदस्य छन्। बाँकी सदस्यहरू राष्ट्र बैंकका प्रतिनिधि रहेका छन्।

मूल्याङ्कन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको कार्यदलले निर्देशिकाको मस्यौदामाथि छलफल अघि बढाएको छ। एनभिएले यसअघि नै मूल्याङ्कनसम्बन्धी निर्देशिकाको मस्यौदा राष्ट्र बैंकसमक्ष पेश गरिसकेको छ।

उक्त मस्यौदालाई आधार बनाएर कार्यदलले अहिले घनिभूत छलफल तथा अध्ययन गरिरहेको जनाइएको छ। सरोकारवाला पक्षबीच आवश्यक छलफलपछि निर्देशिका अन्तिम रूप दिने तयारी भइरहेको छ।

कार्यदलको छलफल तीव्र रूपमा अघि बढिरहेकाले मूल्याङ्कनकर्तासम्बन्धी नयाँ निर्देशिका छिट्टै जारी हुने सम्भावना देखिएको छ। निर्देशिका जारी भएपछि बैंक तथा वित्तीय संस्थामा हुने सम्पत्ति मूल्याङ्कनको प्रक्रिया थप व्यवस्थित र स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया