२५ श्रावण २०८३, सोमबार | August 10, 2026

सुनकोशीमा हेलिएका दम्पत्तिको कुशको शव बनाएर दाहसंस्कार गरिँदै


August 10, 2026
83
Shares

काठमाडौं । गत बुधबार साँझ सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको आज दाहसंस्कार गरिने भएको छ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीको आज दाहसंस्कार गर्न लागिएको हो।

केदारनाथको शव फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गर्न लागिएको छ ।

तिलकुमारीको शव भने आइतबार ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको थियो। आफन्तले शवको सनाखत गरेपछि परिवारका सदस्यहरू ओखलढुंगा पुगेर शव काभ्रे ल्याएका थिए।

केदारनाथको शव भेटिने सम्भावना नरहेपछि दुवै जनाको एउटै चितामा दाहसंस्कार गर्न लागिएको बताइएको छ । हिन्दू परम्पराअनुसार उनीहरूको दाहसंस्कार मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावतीमा भइरहेको छ।

 

प्रतिक्रिया