दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
काठमाडौं । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
७ दिनको म्याद मागिए पनि अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।
आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।
जहाँ ७ दिनको म्याद मागिएको थियो । तर अदालतले भने म्याद थप नगरेपछि प्रसाईं रिहा हुने भएका हुन् । प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको छ ।


