१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोशीमा नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको नयाँ नेतृत्व चयन,अध्यक्षमा कायस्थ


664
Shares

काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को कोशी प्रदेश समितिको अध्यक्षमा इ. ललितकुमार कायस्थ सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

कोशी प्रदेशको पहिलो साधारण सभाले कायस्थको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै प्रदेश संगठनलाई औपचारिक रूपमा नेतृत्व प्रदान गरेको हो।

केन्द्रीय अध्यक्ष इ. ऋषि कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सभाबाट सचिवमा इ. मोहम्मद नसिम अली, कोषाध्यक्षमा इ. माधव सुवेदी तथा सदस्यहरूमा इ. निशित मिश्रा र इ. विशाल श्रेष्ठ सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

विराटनगरस्थित रुविज एण्ड पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेशभरिका इन्स्योरेन्स सर्भेयरहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता वरिष्ठ सर्भेयर ओमप्रकाश राठीले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष इ. ऋषि कोइरालाले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै इन्स्योरेन्स सर्भेयरहरूको पेशागत क्षमता अभिवृद्धि, संगठन सुदृढीकरण र व्यवसायिक एकतामा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष इ. ललितकुमार कायस्थको नेतृत्वमा कोशी प्रदेशमा इन्स्योरेन्स सर्भेयरहरूको हकहित संरक्षण, पेशागत विकास तथा संगठनलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया