कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
कुवेत, १५ साउन । कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ ।
कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको हो ।
सन् २०२६ जुलाई ३० ९२०८३ साउन १४ गते० मा भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएको थियो ।
नेपाली राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
दूतावासले स्व। तामाङको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जानकारी दिएको छ।


