३ श्रावण २०८३, आइतबार | July 19, 2026

ज्ञानेन्द्र शाहीले जापान पुगेर लाइभमा के बोले !!!


0
Shares

एउटाले यहाँ एसएलसी फेल भन्दैछ । म एक क्लास पढ्या छैन के गर्छस् रु जनताले जिताएर पठायो । त वडा अध्यक्ष जितेर आइज न । तिमीहरूको औकात छैन, तिमीहरूको यदि हैसियत छ भने तिम्रो मालिकलाई, तिम्रो पार्टी सभापतिलाई, तिम्रो प्रधानमन्त्रीलाई, तिम्रो गृहमन्त्रीलाई संसदमा आएर ज्ञानेन्द्र शाहीले उठाएको प्रश्नको जवाफ दे भन्नुस् ।

हिम्मत छ भने ल सबैले आज लेख- ज्ञानेन्द्र शाहीले संसदमा प्रश्न उठायो, यसको जवाफ दे भन । छ जवाफ दिने रु हिम्मत छ रु जवाफ दे भन । म जवाफ सुन्न तयार छु । तयार छु । चार्टर्ड एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हान्या होइन । पढ्या हो ।

म पढ्दै पढ्या छैन रे लौ १ जिरो अक्षर पनि पढ्या छैन रे । तर जनताले जिताएर पठाएको हो । जनताको प्रतिनिधि हो । तिम्रो घण्टेलाई ४२१ भोटमा स्टप गरेको हो जुम्लामा ।

जहाँ गयो हल्ला गर्या छ, लफडा गर्‍या छ । ल हिम्मत छ रु जापानमा छु म । जापानमा कति छौ सब जम्मा होउ, भोलि विरोध गर्न आऊ । ल म फेस गर्छु । सक्छौ रु छ तिम्रो दम रु आज खै त तिम्रो खगेन्द्र सुनारलाई अगाडि राखेर ठोकियो त रु खै कहाँ थियो दम छ तिमीहरूको रु सामाजिक संजालमा कराको छ, मान्छेलाई भ्रमित पार्‍या छ, दुनियाँ गरेको छ ।

आयो अर्को मेरो कथा वाला । को आउँछ रु वडा अध्यक्ष जितेर आइज भन् । सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग संघर्ष गरेर आएको हो । दमका साथ भन्छु, यदि त्यो दम छ तिमीहरूसँग भने, अहिले पनि दम छ भने सिधै स्पष्ट कुराका साथ म भन्छु, तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन । छ दम रु छ रु ल जवाफ दे भन ।

म क्लियरका साथ भन्छु र अब अरू यो सडक छापहरूका अगाडि लागेर केही हुनेवाला छैन । यिनीहरूको काम नै त्यही भुक्ने हो । अहिले म स्पष्ट के भन्न आएको हो भने जापानमा म सुरक्षित छु । जापानमा भोलि पनि भव्य कार्यक्रम हुन्छ, आज पनि भव्य कार्यक्रम भएको छ । स्पष्टका साथ भएको छ । म जेल तोडेर, जेल भागेर आएको होइन । यो कुरा याद गर तिमीहरू । यो याद गर, दिमागमा हाल, टाउको भित्र हाल ।

म तिमीहरू जस्तै खरानी ग्याङ, सहकारी ठगहरूको ग्याङ, गँजेडीहरूको ग्याङ र त्यस्तै आक्रमण गर्नेहरूसँग लडेर आएको हो । कर्णालीमा मेरो मान्छे मरेपछि, कर्णालीमा एकजना मान्छे भीरमा अड्किएर मरेपछि प्रश्न सोध्न पाउने मेरो अधिकार हो, म सोध्छु । देशको गृहमन्त्रीलाई सोध्छु । सोध्छु । सुधनलाई अगाडि राखेर सोध्छु । को हो रु हु इज दिस यार रु एउटा ऊ सांसद हो, हामी पनि सांसद हो । अगाडि राखेर सोध्छु । प्रश्न सोध्न नपाइने हो तिमीहरूको रु

अहिले पनि भन्छु, यो जुन झूटो भ्रम हल्ला फैलाइराख्या छौ तिमीहरूले( ‘ओह सकियो यो सकियो’, को सकियो रु सुरज गौतम, तिम्रो निर्वाचन क्षेत्रमा चुनाव लड्न आउँछु ल आऊ मलाई जितेर देखाऊ । सक्छौ रु स्पष्टका साथ भन्छु हल्ला फैलाउने काम बन्द गर, सबैलाई केस हाल्छौँ हामी । आज खुस्बु ओलीले एक जना मान्छे पक्राउ गर्‍या छन्, घण्टीको कार्यकर्ता चितवनबाट ।

सभ्य हुनुस् । तपाईंहरू सभ्य हुन सिक्नुस् र यदि प्रतिस्पर्धा गर्ने हो भने मजाले प्रतिस्पर्धा गर । आऊ प्रतिस्पर्धा गर । क्लियरका साथ प्रतिस्पर्धा गर । चुनावमा घण्टीको साथ लिएर जित्या होइन, घण्टीलाई पत्तासाफ गरेर जित्या हो । यो कुरा याद गर तिमीहरू, चाहे जति सीट होस् ।

तिमीहरूको ९सभापति० जस्तो चारजना श्रीमतीको पोइ होइन म बुझ्यौ रु यो अहिले जुन हल्ला फैलाएका छन्, म अहिले यति मात्र भन्न आएको थिएँ तपाईंहरूलाई । के भन्न आएको थिएँ भने जसरी यो जापानमा हामीमाथि आक्रमण भन्ने कुरा भा’छ, हामी स्पष्टका साथ यसबाट मर्यादाहीन भन्दो रहेछ एउटा । सहकारी ठगेर जेलबाट भाग्ने चाहिँ मर्यादापालक, गाँजा खाएर सिंहदरबारमा आगो फुक्ने चाहिँ मर्यादापालक अनि तिमी घण्टीहरूले मान्छेलाई हुँदै नभएको आक्रमण भयो भनेर हल्ला फैलाउनेहरूलाई जवाफ दिँदा चाहिँ हामी असभ्य रु सभ्य हौँ हामी । क्लियरका साथ भन्छु र जापानमा मलाई केही पनि भा’छैन, हामी सुरक्षित छौँ साथीहरू । धन्यवाद ।’

शाहीको यो अभिव्यक्तिलाई लिएर रास्वपाका सांसद राजु पाण्डेले असन्तुष्टि प्रकट गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रिय माननीय ज्ञानेन्द्र शाहीज्यू, बोल्नुभन्दा अगाडि आफ्नो पद र मर्यादाको ख्याल गर्नु होला है । नेपाल जनताको संघर्ष र बलिदानबाट बनेको लोकतान्त्रिक गणतन्त्र हो । विचार राख्ने अधिकार सबैलाई छ, तर देशको शान्ति, स्थिरता र जनताको निर्णयको सम्मान गर्नु सबैको जिम्मेवारी हो ।’

राप्रपाले भने शाहीको बचाउ गरेको छ । पार्टीका प्रवक्त्ता मोहन श्रेष्ठले संसदभित्र प्रभावशाली भूमिका निभाइरेका र जनताका मुद्दा उठाइरहेका राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र प्रमुख सचेतक खुस्बु ओलीमाथि भइरहेको प्रहार निन्दनीय रहेको बताएका छन् ।

प्रतिक्रिया