चितवनमा ३ दिने अचल धितो मूल्याङ्कन तालिम सम्पन्न, ४८ इन्जिनियर सहभागी
चितवन — नेपाल भ्यालुयर्स एसोसिएसन (NVA) चितवन च्याप्टरको आयोजनामा असार १९, २० र २१ गते सञ्चालन गरिएको ३ दिने “Fixed Assets Valuation Training” अर्थात् “अचल धितो मूल्याङ्कन तालिम” सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा ४८ जना इन्जिनियरहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमको उद्घाटन समारोहमा नेपाल भ्यालुयर्स एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष ई. संजय चन्द्र न्यौपानेले अध्यक्षता गरेका थिए । कार्यक्रममा चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई. ईश्वरी प्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
विशिष्ट अतिथिका रूपमा नेपाल बैकर्स एसोसिएसन बागमती प्रदेशका कोर्डिनेटर सांग्रीला पियाको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन चितवन च्याप्टरका सचिव ई. लोमश अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष ई. सुमन कोइरालाले राखेका थिए ।
तालिममा नेपाल भ्यालुयर्स एसोसिएसन केन्द्रका उपाध्यक्ष ई. दिनेश पाठक,उपाध्यक्ष ई. प्रज्ञान घिमिरे, अधिवक्ता सहदेव खत्री, नापी कार्यालयका निर्देशक ई. गोविन्द तथा ई. सुनिल अमात्यले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिममा अचल सम्पत्ति तथा धितो मूल्याङ्कनसम्बन्धी कानुनी, प्राविधिक र व्यावसायिक पक्षहरूबारे विस्तृत जानकारी दिइएको आयोजकले जनाएको छ।
असार २१ गते सम्पन्न समापन समारोहमा चितवन च्याप्टरका अध्यक्ष संजयचन्द्र न्यौपानेले अध्यक्षता गरेका थिए । नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई. सन्जय महतो प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
सहभागीहरूको तर्फबाट सागर अधिकारीले मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन संस्थाका प्रथम उपाध्यक्ष ई. ईश्वर श्रेष्ठले गरेका थिए ।
कार्यक्रम संयोजक ई. सन्तोष तिमिल्सीना तथा कार्यक्रम सञ्चालक ई. लोमश अधिकारी रहेका थिए ।
तालिमले इन्जिनियरहरूको अचल सम्पत्ति मूल्याङ्कनसम्बन्धी ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। बैंकिङ तथा वित्तीय क्षेत्रमा धितो मूल्याङ्कन कार्यलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन यस्ता तालिम उपयोगी हुनेमा आफु विस्वस्त रहेको चितवन च्याप्टरका सचिव ई. लोमश अधिकारीले बताए ।


