२१ असार २०८३, आइतबार | July 5, 2026

जंगली हात्ती ध्रुवेले आमाछोराको ज्यान लियो,धपाउन खोज्दा घर नै जलेर नस्ट


249
Shares

चितवन,२१ असार । चितवन राष्ट्रिय निकुञ्जमा भाले जंगली हात्ती ध्रुवेले फेरि चितवनको भरतपुर महानगरपालिका वडा नं। २३ मा आमाछोराको ज्यान लिएको पुष्टि भएको छ ।

आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ । शनिबार राति घरमै बसिरहेका बेला अचानक जंगलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो ।

हात्ती धपाउन आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घर नै जलेर नस्टसमेत भएको छ । यो घटनासँग ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।

२०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै ९ वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो । धेरै जसो निकुञ्जको सुखीभार क्षेत्रमा नै रहने यो हात्ती अचानक बस्तीतिर निस्केको थियो । कहिले मेघौलीतिरसमेत निस्कने गरेको स्थानीयहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया