११ असार २०८३, बिहिबार | June 25, 2026

ट्राफिक नियम कडा बनाइदै,कुन गल्तीमा कति जरिवाना ?


249
Shares

काठमाडौं । अब सडकमा ट्राफिक नियम मिच्नु चालकले धेरै पैसा तिर्नुपर्ने भएको छ । सरकारले सवारी नियम उल्लंघन गर्नेलाई न्यूनतम ५ सयदेखि अधिकतम १ लाख रूपैयाँसम्म जरिवाना गर्ने गरी नयाँ कानुनको तयारी थालेको हो।

प्रस्तावित कानुनमा विभिन्न ट्राफिक नियम उल्लंघनमा देहाय बमोजिमको जरिवाना प्रस्ताव गरिएको छ

१० हजार रुपैयाँ जरिवाना: लेन अनुशासन पालना नगरेमा, फुटपाथमा सवारी चलाएमा, एकतर्फी (वान-वे) सडकमा विपरीत दिशाबाट सवारी चलाएमा वा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेमा ।

२५ हजार रूपैयाँ जरिवाना: अनुमति नलिई विदेशी सवारी साधन चलाएमा ।

५ हजार देखि २५ हजारसम्म: सार्वजनिक सडकमा मालसामान वा निर्माण सामग्री राखेर बाटो अवरुद्ध पारेमा ।

५ हजार देखि २० हजारसम्म: सार्वजनिक सवारीले तोकिएको सीट क्षमताभन्दा बढी यात्रु बोकेमा ९यात्रुको चाप र रुट अनुसार० ।

५ हजार देखि १५ हजारसम्म: सवारी प्रदूषण परीक्षण प्रमाणपत्र नराखेमा ।

५ हजार रुपैयाँ: ढोका खुला राखेर सवारी चलाएमा वा अवस्था ठीक नभएको सवारी चलाएमा ।

३ हजार देखि ५ हजारसम्म: ट्राफिक संकेत ९ट्राफिक लाइटरचिह्न० पालना नगरेमा ।

३ हजार रूपैयाँ: सुरक्षा पेटी (सीट बेल्ट) वा हेल्मेट नलगाई सवारी चलाएमा ।

ट्राफिक जरिवानाको भुक्तानी डिजिटल माध्यमबाटै गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । नागरिक एप वा अन्य विद्युतीय प्रणालीबाट जरिवाना तिर्न सकिनेछ ।

यदि चालकले तत्काल जरिवाना भुक्तानी नगरेमा ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक वा बाटो इजाजतपत्र नियन्त्रणमा लिन सक्नेछ । जरिवाना भुक्तानी गरेपछि मात्र यी कागजात फिर्ता दिइनेछ ।

सवारी नियम पटक-पटक उल्लंघन गर्नेलाई थप दण्डको व्यवस्था गरिएको छ । एउटै गल्ती दोहोर्‍याएमा दोस्रो पटकमा ५० प्रतिशत र सोभन्दा बढी पटक गल्ती गरेमा शतप्रतिशत थप जरिवाना लाग्नेछ ।

यसैबीच, यातायात निरीक्षकहरूलाई जुनसुकै समयमा जाँच गर्न सक्ने गरी सवारी साधन, कागजात र चालकको व्यवहार निरीक्षण गर्ने पूर्ण अधिकार दिइएको छ ।

प्रतिक्रिया