२४ जेष्ठ २०८३, आइतबार | June 7, 2026

रास्वपा कालिकोटको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न


1.4k
Shares

कालिकोट, जेठ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिकोट जिल्ला समितिको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । विधिसम्मत, लोकतान्त्रिक तथा संगठनात्मक प्रक्रियाअनुसार सम्पन्न अधिवेशनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। नवगठित समितिको सभापतिमा प्रेम बहादुर केसी निर्वाचित हुनुभएको छ भने उपसभापतिमा दिनेश बहादुर शाही, सचिवमा भुपेन्द्र शाही, सहसचिवमा जीवन बहादुर शाही र कोषाध्यक्षमा पवित्रा जैसी निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा धनिराम धमला, कलसा शाही तथा दिनेश सञ्ज्याल सर्वसम्मत रूपमा चयन भएका कर्णाली प्रदेश सम्वाददाता सुरेश शाहि (सेरसिङ) ले जानकारि दिए ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै कालिकोटमा सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी राजनीतिक संस्कृतिको विकासमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले अधिवेशनलाई कालिकोटमा वैकल्पिक राजनीतिक शक्तिको संगठनात्मक विस्तार र सुदृढीकरणतर्फको महत्वपूर्ण कोसेढुङ्गाको रूपमा व्याख्या गरेका छन्।

 

प्रतिक्रिया