२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

सचिव पदका बलिया दाबेदार नवराज लुइटेल


415
Shares

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूबीच एकता, जिम्मेवारी र सक्षम नेतृत्वको खाँचो रहेको भन्दै आगामी नेतृत्व चयनमा उम्मेदवारको क्षमता, दक्षता र क्षेत्रप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाउनुपर्ने धारणा व्यक्त गरिएको छ।

वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व चयनको सन्दर्भमा सचिव पदका उम्मेदवार नवराज लुइटेललाई सक्षम, दूरदर्शी र जिम्मेवार नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। व्यवसायीहरू एउटै छातामुनि आबद्ध हुनु आफैंमा गौरवको विषय भए पनि व्यवसाय केवल व्यक्तिगत स्वार्थ र आर्थिक लाभमा सीमित नरही राष्ट्रहित, जनहित र सेवाभावसँग जोडिनुपर्नेमा जोड दिइएको छ।

संघले विगतदेखि वैदेशिक रोजगार क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा श्रमिकहरूको सुरक्षा र सम्मानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वर्तमान अवस्थामा व्यवसायीहरूबीच थप एकता आवश्यक रहेको बताइएको छ।

नेतृत्व चयन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण हिस्सा भएकाले व्यक्तिगत सम्बन्ध वा समूहगत प्रभावभन्दा माथि उठेर उम्मेदवारको कार्यक्षमता, अनुभव र योगदानलाई मूल्यांकन गर्नुपर्ने धारणा राखिएको छ।

यसैक्रममा सचिव पदका प्रत्याशी नवराज लुइटेलको कार्यक्षमता, संगठनप्रतिको समर्पण, नेतृत्व क्षमता र वैदेशिक रोजगार क्षेत्रको सुधार तथा सुदृढीकरणमा रहेको प्रतिबद्धतालाई आधार बनाएर मूल्यांकन गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।

व्यवसायीहरूबीचको एकता, जिम्मेवार नेतृत्व र साझा प्रतिबद्धतामार्फत मात्रै वैदेशik रोजगार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन सकिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया