कांग्रेसको सुदूरपश्चिमको धनगढीमा भेला, गगन थापा जादै
कैलाली । नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को आयोजना गर्दैछ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलाका लागि केहीबेरमा सभापति गगनकुमार थापा धनगढी पुग्दै छन् ।
भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे धनगढी पुगिसकेका छन् ।
विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेशबाट वर्तमान सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्ने तयारी गरेको हो ।
हिजो पत्रकार सम्मेलनमार्फत् सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेशस्तरीय प्रशिक्षण भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका थिए ।

