१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा मुछिएका महानिर्देशक हटाइए


1.2k
Shares

काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई पदबाट तानेर अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

स्वर्णिम वाग्लेको निर्णयमा ठाकुरलाई विभागबाट हटाइएको स्रोतले जनाएको छ। उनी दीपक भट्ट र सुलभ अग्रवाल संलग्न हिमालयन रि–इन्स्योरेन्सको विवादास्पद शेयर प्रकरणमा अप्रत्यक्ष रूपमा मुछिएको आरोपपछि तानिएका हुन्।

उक्त प्रकरणमा विभागले भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाइरहेका बेला, महानिर्देशक ठाकुरकी पत्नीको नाममा समेत सो कम्पनीको शेयर रहेको तथ्य खुलेपछि चासो बढेको थियो। यसले अनुसन्धानको निष्पक्षतामाथि नै प्रश्न उठेपछि मन्त्रालयले तत्काल कदम चालेको हो।

हाल विभागको नेतृत्व रिक्त रहेको छ भने नयाँ महानिर्देशक नियुक्ति सम्बन्धी निर्णय भने अझै हुन सकेको छैन।

प्रतिक्रिया