कांग्रेसमा नेता चयन अड्कियो
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन भएको झन्डै दुई महिना बित्न लाग्दा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन। यसले संवैधानिक परिषदको कामकाजसमेत प्रभावित बनेको छ।
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच सहमति नजुट्दा प्रक्रिया लम्बिएको हो। थापा पक्षले मोहन आचार्यलाई अघि सार्दा शर्मा पक्ष भीष्मराज आङ्देम्बेको पक्षमा देखिएको छ।
यद्यपि सहमतिका प्रयास जारी रहे पनि अन्ततः मतदानमार्फत नेता चयन हुने सम्भावना बलियो बन्दै गएको नेताहरू बताउँछन्। नयाँ कार्यतालिकाअनुसार ११ वैशाखमा निर्वाचन हुने तयारी छ।
दलभित्र गुटीय शक्ति सन्तुलन मिलाउन कठिन हुँदा यसपटक पनि कांग्रेसमा नेतृत्व चयन प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ।
