११ आश्विन २०८३, आइतबार | September 28, 2026

प्रतिनिधिसभाको पहिलो बैठकमा हर्क साम्पाङले के के भने ?


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्ने क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले १ दर्जनबढी एजेण्डामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुरूमै उनले आफ्नो मनको विचार नराख्ने भन्दै जनताले हामीलाई केका लागि पठाएका छन् भन्ने बारेमा बुँदागत वाचन गर्ने अनुमति मागे । देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आउँदै गर्दा उनले सबैभन्दा पहिला आफूले आफैँलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

यस्तो छ साम्पाङको पहिलो सम्बोधन

आफ्नो मनको विचार राख्नुभन्दा पनि म जनताले हामीलाई केका लागि यहाँ पठाएका छन् भन्ने बारेमा बुँदागत रूपमा जनताका मागहरू वाचन गरेर सुनाउन चाहन्छु। तर, त्यो भन्दा पहिला चाहिँ हामीले पक्कै पनि यो देश बनाउनका लागि, देश परिवर्तन गर्नका लागि भनेर आएका छौँ, सबैभन्दा पहिला आफूले आफैलाई परिवर्तन गर्नुपर्छ भन्छु म।

अघिल्लो शपथ ग्रहणको दिन पनि हामी १२ मिनेट ४६ सेकेन्ड ढिलो थियौँ भने आज १६ मिनेट ५५ सेकेन्ड हामी ढिलो भएका छौँ। जनताले हामीलाई यसरी ढिलो गर् भनेर यहाँ पठाएको हो जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले प्रत्येक मिनेटको महत्त्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौँ। ‘नेपाली हो, नेपाली समय हो, २ बजेको बैठक ३ बजे जाँदा पनि हुन्छ, ४ बजे जाँदा पनि हुन्छ, जे गर्दा पनि नेपाल हो, नेपाली हो’ भन्ने खालको जुन भाष्य हामीले मनमा लिएर बसेका छौँ, यही सबैभन्दा मुख्य कारण हो हामीले उन्नति गर्न नसक्नुको। त्यसो भएको कारणले गर्दाखेरि सभामुख महोदयमार्फत म सम्पूर्ण सदन, सरकार सबैलाई ध्यानाकर्षण गराउन चाहन्छु— आउँदा दिनमा हामी बैठक सुरु हुनुभन्दा थोरैमा पनि ५ मिनेट अगाडि उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु।

हामी विभेदको अन्त्य गर्छौँ भनेर यहाँ भनिरहेका छौँ। भर्खरै पनि पूर्व वक्ता माननीयज्यूहरूले थुप्रै कुराहरू राख्नुभयो आफ्नो मनको कुराहरू। तर यहाँ यही सदनभित्र पनि विभेद भइराखेको छ। सत्ता पक्षले ३० मिनेट बोल्दा पनि हुने, ४० मिनेट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले चाहिँ हैन, ३ मिनेटमा सकिहाल्नुपर्ने, २ मिनेटमा सक्नुपर्ने१ हामी पनि जनताले चुनेर पठाएका जनमत प्राप्त जनप्रतिनिधि हौँ। त्यसो भएको कारणले गर्दाखेरि हामीले आफ्ना क्षेत्रका आवश्यकताहरू, आफ्ना तपाईँका चाहिँ नि के रे मागहरू राख्नका लागि प्रशस्त समय दिनुपर्दछ। त्यो खालको सदन हामीले बनाएर त्यो खालको सदन अभ्यास गर्नुपर्दछ भन्ने माग राख्न चाहन्छु।

म आफ्नो मनको कथा यहाँ गाउन चाहन्न। अब मेरो आफ्नो मन्तव्यहरू राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो तरु हिजो इतिहासमा हामीले के गर्यौँ, कसले के गर्‍यो, कुन नेताले के गर्‍यो, कत्तिको तपाईँको हामीले संघर्ष गर्‍यौँ, के(के गर्‍यौँ भनेर भन�

प्रतिक्रिया