१ बैशाख २०८३, मंगलबार | April 14, 2026

हारपछि गगनको राजीनामा : ‘उच्च राजनीतिक संस्कार’ को उदाहरण—अध्यक्ष, महतो


913
Shares

काठमाडौं । सम्पत्ति मूल्यांकन गर्ने इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशनका अध्यक्ष इ. सन्जय कुमार महतोले गगन थापाको राजीनामा कदमलाई उच्च राजनीतिक संस्कारको उदाहरणका रूपमा व्याख्या गरेका छन्।

महतोका अनुसार, चुनावी हारपछि नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनु नेपालजस्तो राजनीतिक संस्कार अझै परिपक्व नभएको देशमा दुर्लभ अभ्यास हो। “गगन थापा जस्तो नेता हारपछि आफैं जिम्मेवारी लिँदै पद त्याग्छन् भने, यो जवाफदेहिता (accountability) को उत्कृष्ट नमुना हो,” उनले भने।

उनले यस्तो कदमले केवल पार्टीभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। “नेपालमा यस्ता अभ्यासहरू अझै मजबुत भइसकेका छैनन्, त्यसैले यो निर्णयले नयाँ मापदण्ड स्थापित गर्न सक्छ,” महतोको भनाइ छ।

विश्लेषकहरूका अनुसार, नेतृत्व तहबाट देखिएको यस्तो नैतिक जिम्मेवारीले जनविश्वास बढाउन मद्दत पुर्‍याउनेछ र भविष्यमा अन्य नेताहरूलाई पनि जवाफदेही बन्न दबाब सिर्जना गर्न सक्छ।

प्रतिक्रिया