१९ बैशाख २०८३, शनिबार | May 2, 2026

रास्वपाको आन्तरिक विश्लेषणः ललितपुर गयो, तनहुँ २ कमजोर, गोरखाका दुवै क्षेत्र अनिश्चित


February 22, 2026
12k
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर आफ्नो पक्षमा चुनावी ‘वेभ’ आएको भन्दै यो माहोल फागुन २१ सम्म कायम राखेर प्रत्यक्ष र समानुपातिकमा राम्रो नतिजा निकाल्ने आन्तरिक विश्लेषणसहित रणनीति तय गरेको छ।

रास्वपाको इलेक्सन रिसर्च टिमले जिल्ला र प्रदेशहरूबाट आएका तथ्याङ्कको समेत विश्लेषण गर्दै प्रत्यक्षतर्फ ५० बढी सिट र समानुपातिकतर्फ ५० लाख मत ल्याउने आन्तरिक विश्लेषण गरेको हो।

पछिल्लो समय सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले धनगढीबाट देशव्यापी चुनावी अभियान सुरु गरेपछि आफ्नो पक्षमा माहोल झन् बढेको रास्वपाका नेताहरूको विश्लेषण छ।

तर सुदुरपश्चिमको धनगढी, कर्णालीको सुर्खेत र लुम्बिनीको दाङमा चुनावी सभा गरेपछि रास्वपाले यो अभियान नै स्थगित गरेको छ। धनगढी र सुर्खेतमा बालेन र रविले सम्बोधन गरेका थिए भने शुक्रबार दाङको सभामा रवि मात्रै बोले। बालेन अस्वस्थ भएर काठमाडौँ फर्केको खबरलगत्तै रास्वपाले भैरहवा र पोखराको सभा स्थगित भएको सूचना जारी गर्यो।

जसको मुख्य कारण झापा ५ मा निरन्तर मतदाता भेटिरहेका एमालेका उम्मेदवार केपी शर्मा ओलीको माहोल बढ्दै गएको र रास्वपाका स्थानीय कार्यकर्ता आफ्नो उम्मेदवार बालनेप्रति असन्तुष्ट बन्नु मानिएको छ। रास्वपाका नेताहरूका अनुसार अब बालेन पनि आफ्नो निर्वाचन क्षेत्रमै बढी केन्द्रित हुनेछन्।

बीचैमा ठूला सभा स्थगित गरेर रास्वपाले घरदैलोमा केन्द्रित हुने गरी चुनावी अभियान परिवर्तन गरेको हो।

रविको टिम र बालेनको रिसर्च टिमले जिल्ला र प्रदेशहरूबाट आएका रिपोर्ट, मतादाताको मनोविज्ञान, विपक्षी दलहरूको प्रचारलगायतको विश्लेषण गरिरहेको छ। खासगरी मधेस प्रदेशबाट रास्वपा निकै उत्साहित छ।

‘मधेसमा आजसम्मको वेभ कायम रह्यो भने आश्चर्यजनक रुपमा हाम्रो मत बढ्छ,’ रास्व

प्रतिक्रिया