१४ आश्विन २०८३, बुधबार | September 30, 2026

तनहुँ–१ मा प्रतिनिधिसभा सदस्यका दाबेदार दिपक भट्टराई को हुन् ?


December 23, 2025
24k
Shares

काठमाडौं,७ मंसिर । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका दिपक भट्टराईले ०६२ सालमा सबैभन्दा पुरानो कलेज त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा भारी मतसहित विजयी भएका थिए ।

लामो समयसम्म खम्बा बनेर बिताएका भट्टराई त्रिचन्द्र क्याम्पसका हरेक दुख सुखका साक्षी हुन् ।

२०५५ सालमा हालका कांग्रेस महामन्त्री गगन कुमार थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुदाँ भट्टराई सहसचिव थिए । त्यसयता उनको राजनीतिक यात्रा अनबरतरुपमा अघि बढीरहेको छ ।

०५७ मा त्रिचन्द्रमा सुरज काफ्ले स्ववियु सभापति हुदा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) ईकाई अध्यक्ष बनेका थिए । त्यसैगरी, ०६० मा सरोज कुमार थापा त्रिचन्द्रमा स्ववियु सभापति बन्दा नेविसंघ केन्द्रमा गुरु घिमिरे अध्यक्ष र तनहुकै प्रदीप पौडेल उपाध्यक्ष हुँदा उनी केन्द्रीय सदस्य बने ।

त्यसो त उनी ०६२ मा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा भारी मतले विजयी भए । त्यसपछी उनी पटक–पटक नेविसंघ केन्द्रीय सदस्य हुँदै ०७४ मा राजिव ढुंगाना केन्द्रीय अध्यक्ष हुँदा कुन्दनराज काफ्लेसंगै नेविसंघ महामन्त्री बन्ने मौका समेत पाए ।
हाल उनी काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि हुन् भने तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका दावेदार पनि हुन्

तनहुँका उदाउँदा नेपाली काङ्ग्रेसका नेता भट्टराई तनहुँ बाटै पहिलो शास्त्री स्व. बलराम शास्त्रीका नाति हुन् भने वीपीका प्रिय प्रजातन्त्र सेनानी स्व.गुरु श्रीराम भट्टराईका सुपुत्र हुन् । उनको बावु बाजेदेखि नै पुस्तौपुस्ताको कांग्रेसको राजनीतिमा महत्वपुर्ण योगदान छ ।

मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएनका सचिव इ.रविन्द्र अधिकारीले भट्टराईको बारेमा सामाजिक सञ्जालमा लेखेका छन्–
‘के तपाईं उन्लाई चिन्नु हुन्छ!? उनी हुन तनहुँका उदाउदा नेपाली काङ्ग्रेसका नेता दिपक भट्टराई, उनी तनहुँ बाटै पहिलो शास्त्री स्व. बलराम शास्त्री का नाति हुन भने वि. पि. प्रिय, प्रजातन्त्र सेनानी स्व. गुरु श्रीराम भट्टराईका सुपुत्र। उनी २०५५ सालमा हालका ने.का. महामन्त्री गगन कुमार थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुदाका सहसचिव। ०५७ मा त्रिचन्द्रमा सुरज काफ्ले स्ववियु सभापति हुदा उनी नेविसंघ ईकाई अध्यक्ष थिय। ०६० मा सरोज कुमार थापा त्रिचन्द्रमा स्ववियु सभापति बने भने, नेविसंघ केन्द्रमा गुरु घिमिरे अध्यक्ष र तनहुकै प्रदीप पौडेल उपाध्यक्ष हुँदा उनी केन्द्रिय सदस्य बने। ०६२ मा उन्ले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति जिते। त्यसपछी उनी पटक पटक नेविसंघ के.स. हुँदै ०७४ मा राजिव ढुंगाना नेविसंघ केन्द्रिय अध्यक्ष हुँदा प्गलमबल च्बव प्बाभि संगै नेविसंघ महामन्त्री बने। हाल उनी नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि छन भने, तनहुँ १ बाट प्रतिनिधिसभाका दावेदार ।’

 

प्रतिक्रिया