सौराहा घुम्न पुगेकी एक युवतीको खसेर मृत्यु
चितवन । सिन्धुलीबाट सौराहा घुम्न पुगेकी एक युवतीको होटलको छतबाट खसेर मृत्यु भएको छ ।
रत्नननगर नगरपालिका वडा नम्बर ६, सौराहामा रहेको होटल पार्क साइटको चार तला माथिबाट खसेर सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षकी स्नेहा पाख्रिनको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
स्नेहा बुधबार राति ११ बजेर १० मिनेट जाँदा होटलको छतबाट खसेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारक्रममा बकुलहर अस्पतालमा मृत्यु भएको हो ।


