१९ बैशाख २०८३, शनिबार | May 2, 2026

कांग्रेसले किन पराजय भोग्नु पर्यो ? यस्तो छ विश्वप्रकाश शर्माको २७ बुँदे प्रतिवेदन


0
Shares

काठमाडौं,७ चैत्र । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनमा पार्टीले अपेक्षित मत नपाउनुको कारण खुलाएर प्रारम्भिक प्रतिवेदन केन्द्रीय समितिमा पेस गरेका छन्। शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपसभापति शर्माले प्रतिनिधि सभा निर्वाचनबारे प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन्।

उनले उम्मेदवार नबनेका तथा नबनाइएका नेताहरूले चुनावमा गम्भीर असहयोग गरेको पनि उल्लेख गरेका छन्।

यस्तो छ प्रतिवेदन

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै आदरणीय मतदाताप्रति आभार प्रकट गर्दै, विजयी दल र सबै उम्मेदवारलाई बधाई ज्ञापन गर्दै, निर्वाचन सम्पन्न गर्ने अभिभारा पूरा गरेको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, सबै राष्ट्र सेवक कर्मचारी र निर्वाचन प्रहरीप्रति सम्मान व्यक्त गर्दै नेपाली कांग्रेस निर्वाचनको परिणामलाई उच्च लोकतान्त्रिक संस्कृति अनुरूप आत्मसात गर्दछ।

निर्वाचनमार्फत संसदीय लोकतान्त्रिक प्रणालीप्रति सबै नेपाली र सबै दलबाट प्रकट भएको एक्यबद्ध निष्ठा देशको लोकतान्त्रिक भविष्यका लागि अत्यन्तै महत्वपूर्ण छ। यो प्रणालीलाई थप समृद्ध बनाएर, यही मार्गबाट मुलुकको समुन्नतिका लागि अघि बढ्न प्राप्त जनादेश अनुरुप प्रमुख प्रतिपक्षीको रचनात्मक भुमिका निर्वाह गर्न नेपाली कांग्रेस प्रतिबद्ध छ, रहनेछ।

पार्टीको विजयका लागि अहोरात्र मैदानमा खट्ने पार्टीको विभिन्न तहका साथीहरू र सामाजिक संजाल मार्फत अभियान चलाउने सबै आदरणीय साथीहरूको उर्जालाई केन्द्रीय कार्यसमितिको यो बैठक श्रद्धा र कदर गर्दछ। निरन्तर समाचार सम्प्रेषण गरेर आफ्नो दायित्व निर्वाह गर्ने मिडिया हाउसहरु र संचारकर्मी मित्रहरूप्रति यो बैठक सम्मान व्यक्त गर्दछ।

विजय-पराजयको आलोपालो

०४६ को परिवर्तन पश्चात् यो आठौं आमनिर्वाचन थियो। यो निर्वाचनबाट नेपाली कांग्रेस दोस्रो दल बनेसँगै एउटा निर्वाचनमा पहिलो अर्को निर्वाचनबाट दोस्रो बन्ने क्रमले निरन्तरता पायो। ०४८ मा पहिलो बनेको हाम्रो पार्टी ०५१ मा दोस्रो भएको थियोे। २०५६ मा पहिलो, २०६४ मा दोस्रो। ०७० मा पहिलो ०७४ मा दोस्रो। ०७९ मा पहिलो, अहिले ०८२ को निर्वाचनबाट दोस्रो । न लगातार दुईपटकको जित न लगातार दुईपटक पराजय।

यस्तो हुनु संयोग मात्र होइन, यो निरन्तरताको गहिरो समीक्षा जरूरी छ। यो प्रारम्भिक प्रतिवेदनमा भने हामी प्रतिनिधिसभा निर्वाचन ०८२ को प्रारम्भिक टिपोट मार्फत प्रारम्भिक समिक्षामा मात्रै केन्द्रित रहनेछौं।

स्थिति सम्हाल्ने गहन दायित्व,
सबैभन्दा प्रधान नैतिक दायित्व१

फागुन २१ को निर्वाचनमा रास्वपा विजयी भएको तथ्य जति हो त्योभन्दा बढी सत्य नेपाली कांग्रेस पराजित भएको हो। हामीले हामीलाई समयमै सहि ढंगले सम्हाल्न, बदल्न र मतदातामा सम्प्रेषण गर्न सकेको भए न यो पराजय कोरिन्थ्यो, न यो जीत लेखिन्थ्यो।

सभापतिले नैतिक जिम्मेवारी लिएर राजीनामा गर्नु उच्च नैतिक प्रस्तुति निश्चय नै हो, यसलाई पार्टीले सम्मान र कदर गर्दछ। तर यो पराजयको समग्र जिम्मेवार न केवल एक नेतृत्व हो न केवल एक कार्यसमिति। हामी समग्र कांग्रेस यो समग्र पराजयको जिम्मेवार हौं।

बिशेष महाधिवेशन सम्पन्न भएको पाँच दिनमा उम्मेदवारी दर्ता अनि पचासौं दिनमा निर्वाचन थियो। विशेष महाधिवेशन मार्फतको परिवर्तनले पार्टीको ‘ग्रास रुट’ सम्म उर्जा भर्न सकियो, उर्जा भरियो तर परिवर्तनको त्यो सन्देश यो छोटो अवधिमा नागरिकको मन मस्तिष्कसम्म पुर्‍याउन सकिएन। लामो समयदेखिको नागरिक असन्तुष्टिलाई यो छोटो अवधिमा ‘यु टर्न’ गराएर विश्वासमा बदल्न सकिएन। विशेष महाधिवेशनबाट पार्टीलाई उचाइमा उठाउन सुरू गरियो, तर समय पर्याप्त नहुँदा शिखर पुग्न सकिएन।

कसैले पनि कुनै पनि कालखण्डमा कम्तिमा एक कार्यकाल पुरै नेतृत्व गरेपछि निर्वाचन सामना गर्दा गम्भीर पराजय हुन्छ भने पद त्यागको नैतिक दायित्व पनि गम्भीर रुपमै आकर्षित हुन्छ तर डढेलो लागेको जंगलमा आगो निभाउन अन्तिममा पुगेको व्यक्तिलाई आगो ननिभ्दा आगलागीको दोष बोकाउनु न्यायसंगत बिल्कुलै हुँदैन।

पराजयको गहिरो समीक्षा गर्दै पार्टी पंक्तिमा ढाडस, उर्जा र प्राण भर्ने बेला हो यो। अर्थात् यतिबेलाको सबैभन्दा प्रधान नैतिक दायित्व– परिस्थिति सम्हाल्ने दायित्व हो।

बिशेष महाधिवेशन अघि र पछिस
चुनावी समीक्षाको दुई खण्ड

हामीले पराजय आत्मसातको परिपक्वता, विजयीलाई सकारात्मक कार्यमा सघाउने संस्कार, पार्टीलाई इस्पातझैं बनाउने इच्छाशक्ति अनि समयको प्रतिकुलतालाई क्रमशः अनुकुलतामा बदल्ने दृढता राख्नु छ ।

फागुन २१ को निर्वाचनमा हामीले ब्यहोरेको पराजयका पछिल्तिर राजनैतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, सांगठनिक, प्राविधिक र अन्य विविध कारण छन् । देशव्यापी समिक्षा प्रतिवेदन प्राप्त भए पश्चात् हामी वृहत् समिक्षामा पुग्नेछौं। त्यसरी वृहत् समिक्षा गर्दा हामीले दुई खण्ड छुट्याएर उपलब्धि र कमजोरी केलाउनु व्यवहारिक र तर्कसंगत हुन्छ।

 पहिलो – विशेष महाधिवेशन अघिका दिन, महिना र वर्षहरूमा प्राप्त उपलब्धि र भएका कमजोरीको समीक्षा।
 दोस्रो – विशेष महाधिवेशनपछिको ५० दिनको समीक्षा।

यी दुई समय समयखण्डको तुलनात्मक अध्ययन र विश्लेषणबाट हामी फागुन २१ को समग्र समिक्षात्मक विवरण प्राप्त गर्नेछौं। यो प्रारम्भिक समिक्षाले त्यस दिशामा केही प्रकाश पार्नेछ।

१० परिमार्जनको प्रश्नमा गम्भीर नबन्नुको परिणाम

०७२ मा नयाँ संविधान बनेपछि, समग्रतामा नयाँ शैली र नयाँपनको अपेक्षा नागरिक पंक्तिमा थियो। तर राजनीतिमा र राजनैतिक दलहरूमा सोही अपेक्षा अनुरुप परिवर्तन र परिमार्जन गर्न हामीले सकेनौं। अझ स्पष्ट भन्नुपर्दा हामी परिमार्जनको प्रश्नमा गम्भीर नै भएनौं। फागुन २१ मा मुलधारका राजनैतिक दलहरूको पराजयको यो एउटा साझा कारण हो। यो यथार्थको पहिचान र आत्मस्वीकारोक्ति जरुरी छ।

२० स्थिर सरकार नपाउनुको असन्तोष

बितेको ७५ वर्षमा देशले लगातार ५ बर्ष शासन गर्न सफल प्रधानमन्त्री पाएन। यस्तो किन हुन गयो, यो अस्थिरता कसरी हल गर्ने, हामीले सुक्ष्म विश्लेषण गरेर स्थिरताको कुनै नवीन विधि तय गर्न सकेनौं । बितेको ३४ बर्षमा २५ वटा सरकार बने, यो अस्थिरताबाट नागरिक आजित थिए।

पाँच बर्षे प्रधानमन्त्री र स्थिर सरकार हामीले दिन नसकेपछि आजित मतदाताले यसपटक अर्कोतर्फबाट स्थिरता भेट्न सकिन्छ कि भन्ने मन बनाए । हाम्रो पराजयको एउटा कारण यो पनि थियो।

३० सरकार नयाँ, प्रधानमन्त्री पुरानैको पीडा

सरकारहरु अस्थिर रहँदा नागरिक असन्तुष्टि एकातर्फ छँदै थियो तर सरकार बदलिएर नयाँ आउँदा पनि प्रधानमन्त्रीमा उनै–उनै अनुहार दोहोरिइरहनु नागरिक पंक्तिलाई निरन्तर ‘इरिटेट’ गराउने उपक्रम थियो। यो उपक्रमले नेतृत्वप्रति नागरिकको विकर्षण बढाउँदै लग्यो, अन्तत�

प्रतिक्रिया