२ पुस २०८२, बुधबार | December 17, 2025

५४% को माग ‘बिशेष महाधिवेशन’लाई इफ, बट, इन्तु, परन्तुको छुट छैन्ः विश्वप्रकाश शर्मा


November 9, 2025
332
Shares

काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको बिशेष महाधिवेशनलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी रहेको बताएका छन् ।
विशेष महाधिवेशनको मागलाई बिशेष महाधिवेशनको आयोजनाले वा सोही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।

शर्माले नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली काँग्रेसको बिधानले बाधा नगर्ने भन्दै बिशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७ (२) को स्पस्ट निर्देशन रहेको र यो बाध्यात्मक हुने पनि उल्लखे गरेका छन् ।
पछिल्ला काँग्रेस केन्द्रीय समितिमा चलिरहेको छलफल पार्टी र रास्ट्रीय जीवनका लागि महत्त्वपूर्ण रहेको बताउँदै उनले केहिदिनभित्रै एकता र परिपक्वता साथ निर्णयमा पुग्नु बताएका छन् ।

 

प्रतिक्रिया