२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

बाहिर निस्कदै हुनुहुन्छ भने सडकको अवस्थाबारे जानकारी लिनुहोस् !


October 9, 2025
249
Shares

काठमाडौं,२३ असोज । देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरूपमा र ३ ठाउँ एकतर्फी रूपमा अवरुद्ध भएका छन्।

अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका ४ र मकालु गाउँपालिकामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

इलाम, पाँचथर, रसुवा, काभ्रे, सिन्धुली, हुम्ला र कालिकोटका विभिन्न सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा छन्।

बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका-८ वगुवा खोला र बकैया गाउँपालिका-११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्‍चालनमा आएका छन्।

हेर्नुहोस् अवरोध भएका राजमार्ग र सडकको विवरण :

प्रतिक्रिया