विपिन जोशी जिवितै रहेकोमा इजरायली अधिकारीको आशंका

काठमाडौं, २६ वैशाख । इजरायलमा दुई वर्ष अघि हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जिवितै रहेकोमा इजयारली अधिकारीले आशंका व्यक्त गरेका छन् । द टाइम्स अफ इजरायलले इजरायली अधिकारीको भनाई उदृत गर्दै विपिन जोशीसहित तीन व्यक्ति जिवितै रहेको कुनै संकेत नमिलेको उल्लेख गरेको छ ।
जोशीसहित थाइल्यान्डका नागरिक र एक अर्का गरी तीन व्यक्ति जिवित रहेकोमा कुनै संकेत नमिलेको इजरायली अधिकारीले भनेपनि मृत घोषणा भने गरिएको छैन । जिवितै रहेको संकेत नपाएकोबारे परिवारका सदस्यलाई जानकारी गराइएको समाचारमा भनिएको छ ।
समाचारमा भनिएको छ, ‘दुई बन्धकहरु नेपालका विपिन जोशी र थाइल्यान्डका पिन्टा नाटापोङलाई मृत घोषित गरिएको छैन ।’
हमास मुस्लिम आतंकवादी संगठन हो । यसको तारोमा यहुदी र गैर मुस्लिमहरु पर्दै आएका छन् ।
इजरायलमा भएको आतंकवादी हमलामा हमाससहित आतंककारी समूहले ५९ लाई बन्धक बनाइरहेकोमा ३५ जनाको मृत्यु भइसकेको समाचारमा उल्लेख छ । जसमा ३२ इजरायली र ३ विदेशी नागरिक छन् ।
७ अक्टोबर सन् २०२३ मा हमासले इजरायलमा आक्रमण गरी सयौंको हत्या गरेका थिए । उनीहरुले ७४ बन्धकको समेत हत्या गरेका थिए । ७३६ इजरायली नागरिक, ७९ विदेशी, ३७९ इजरायली सैनिक गरी ११९५ जना मारिएका थिए ।
नेपालका १० कृषिविज्ञानका विद्यार्थी हमासको हमलामा मारिएका थिए । १७ जनामध्ये विपिन जोशी बन्धक बनाइएका छन् ।