७ बैशाख २०८३, सोमबार | April 21, 2026

ओलीका विश्वासपात्र गुरु भट्टराईले मागे प्रधानन्यायाधीशको राजीनामा


2.1k
Shares

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका गुरु भट्टराईले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको राजीनामा मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानन्यायाधीशको राजीनामा मागेका हुन् ।

‘प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याइयोस्,’ रेशम चौधरी प्रकरणमा अदालतको भूमिकालाई लिएर प्रश्न गर्दै भट्टराईले लेखेका छन्, ‘रेशम प्रकरणमा प्रधानन्यायाधीशले तत्काल राजीनामा गर्नुपर्छ ।’ उनले न्यायालय रत्यौली स्टाइलमा चलेको भन्दै यस्तै भए देश कसैको नियन्त्रण गर्न नसक्ने टिप्पणी गरेका छन् ।

गुरु भट्टराई ओली यसअघि प्रधानमन्त्री बन्दा रेल विभागको निर्देशक बनाइएका थिए । उनी विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् ।

प्रतिक्रिया