३० पुस २०८२, बुधबार | January 15, 2026

गगन थापाद्वारा सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा डिल गरिरहेको खुलासा


12.2k
Shares

काठमाडौं, ११ वैशाख । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सर्वोच्च अदालतले संंवैधानिक निकायका पदाधिकारी नियुक्तिमा डिल गरिरहेको खुलासा गरेका छन् । उनले बिहिबार काठमाडौंमा संवाद कार्यक्रममा बोल्दै अदालत नै डिलमा लागेकाले जनतामा संशय पैदा भएको बताए ।

लोकतन्त्र दिवसमा आजको लोकतन्त्रः अवसर र चुनौती विषयको संवाद कार्यक्रममा थापाले सर्वोच्च अदालतले ‘तलाई हान्दिऊँ’ भन्दै संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्तिबारे लिनुपर्ने निर्णयमा झुलाइरहेको खुलासा गरे । चार वर्ष कार्यकाल बिताइसकेका अख्तियारलगायत संवैधानिक निकायका ५२ जनाको नियुक्तिबारे सर्वोच्च अदालतमा सुनुवाई भई मुद्दा किनारा लाग्ने चर्चाबीच थापाको भनाई आएको हो ।

थापाले भने, ‘सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयमा दुई तीन वर्षदेखि तलाईँ हान्दिऊँ भनेर झुलाएर राखेको छ ।’ थापाले अदालतको विश्वसनीयतामाथि प्रश्न गराएको बताए ।

संवैधानिक निकायको नियुक्ति ठिक थियो या थिएन भन्न अदालतका लागि चार वर्ष समय लागेकोमा प्रश्न उठाए । उनले लोकतन्त्रको कडीका रुपमा रहेको संस्था अदालत, अख्तियार, संसदलगायत संस्थामाथि निराशा पैदा भइरहेको बताए ।

नेपाली पेनले पूर्वराजा ज्ञानेन्द्रसँग प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले गोप्य भेट गरेको खबर प्रकाशित गर्दै अदालतमा ५२ जना संवैधानिक निकायका पदाधिकारी नियुक्तिबारे निर्णय लिई नयाँ घटनाक्रम विकास हुन लागेको खुलासा गरेको थियो । यससम्बन्धी खबर सर्वोच्च अदालतको नेपाली पेनमाथिको बुधबारको आदेशले हटाउन भनिएको छ । समाचार र त्यसपछि विकसित घटनाले तंरग ल्याएको छ । यसलाई लिएर राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्वहरुले बोल्न थालेका छन् ।

प्रतिक्रिया