६ बैशाख २०८२, शनिबार | April 19, 2025

काँग्रेस विरोधीलाई नेविसंघबाट ल क्याम्पसमा उम्मेदवार बनाउन खोज्दा दुजाङ विवादमा


3.7k
Shares

काठमाडौं, ३ वैशाख । नेपाली काँग्रेसको विरोधमा गतिविधि गरेका एकजना विद्यार्थीलाई नेपाल ल क्याम्पसको स्ववियूमा नेविसंघको उम्मेदवार बनाउन खोजेपछि दुजाङ शेर्पा विवादमा परेका छन् । नेविसंघ सभापति दुजाङको जोडबलमा रौतहटको परोहा नगरपालिकाका मोहम्मद माजीद परवेजलाई टिकट दिन खोजिएको छ ।

परवेज रौतहटमा काँग्रेसका उम्मेदवारविरुद्ध लागेका थिए गएको चुनावमा । उनलाई कारवाहीका लागि सिफारिस भएको थियो ।

परवेजलाई फागुन २७ गते रौटहट क्षेत्र नं। २ का नेपाली कांग्रेसका सभापति सेख फैजुल्लाहले लामो समयदेखि पार्टीविरोधी कार्यमा लागेको र उनका बुबा स्थानीय चुनावमा फरक पार्टीको उम्मेदवार भएको भन्दै नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयलाई चिठी लेखेर कारवाहीको सिफारिस गरेका थिए ।

परवेज हाल जिल्ला नगर, क्षेत्र, वार्डमा कुनै पनि पदमा क्रियाशिल सदस्य समेत नरहेको र नेपाल ल कायम्पस इकाई समितिमा रहेकोले पार्टीको कुनै पनि पदमा नराख्न समेत क्षेत्रीय सभापतिले पत्रमा उल्लेख गरेका छन् । तर, उनलाई नेविसंघ सभापति दुजाङले संरक्षण गरेपछि चर्को विरोध भइरहेको छ ।

उनै माजीद परवेजले हाल केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको जोडबलमा नेवीसंघको तर्फबाट नेपाल ल क्याम्पसको स्ववीयु सभापतिमा उम्मेदवारी दिन लागको भन्दै विद्यार्थीले चर्को विरोध जनाएका हुन् ।

प्रतिक्रिया