कृषि मानव जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र –प्रधानमन्त्री केपी शर्मा ओली
हामी अनेक हिसाबले ट्रान्जिसनको फेजमा छौं । समाज तीव्र गतिमा परिवर्तन भइसकेको छ । कोलोनियल ऐरा पनि समाप्त भएको छ । सामन्तवाद पनि समाप्त भएको प्रायः छ तर त्यसका अवशेषहरु, त्यसबाट सिर्जित मानसिकताहरु छँदैछन्, त्यसले सिर्जना गरेका पछौटेपनहरु छँदैछन् । हामीले तिनलाई पराजित गर्नुपर्नेछ । म नेपालको कुरा गरौं, ६० प्रतिशत वा सोभन्दा बढी जनसंख्या कृषिमा आधारित छ । तर, राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान कम छ । कृषि सबैभन्दा बढी महत्वपूर्ण क्षेत्र हो । कुनै पनि पेशा व्यवसायको सबैभन्दा बढी महत्वपूर्ण, अर्थपूर्ण, जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र कृषि हो । सबै मानिसलाई बाँच्नका लागि खानै पर्दछ । खाना कृषिबाट मात्र प्राप्त हुन्छ । त्यसो भएर कृषि पेशा अत्यन्त महत्वपूर्ण छ । तर यही पछाडि परेको छ । महत्वपूर्ण र ध्यान दिनुु पर्ने कुरा यो छ कि जुन सर्वाधिक महत्व छ, सर्वाधिक जनसंख्या लड्किएको छ, न्युन आयको क्षेत्र भएको छ । सर्वाधिक जनसंख्या त्यसमा आबद्ध हुने, उत्पादन र उत्पादकत्व न्युन हुने, लगानी र मेहनत अनुसारको प्रतिफल छैन, त्यसको हामीले आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकीकरण गर्न सकेका छैनौं । त्यसलाई उपयुक्त बजार पनि खोज्न सकेका छैनौं । यस्ता थुप्रै समस्याहरु छन् । मानव जातिका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि हो । तर, यो नै पछाडि परेको छ । त्यसकारण आज कुनै पनि समाजलाई बचाउनका लागि, त्यसलाई विकसित गर्नका लागि कृषि क्षेत्रमा ध्यान दिन जरुरी छ । जनसंख्या यसरी वृद्धि भइराखेको छ कि तर अहिले अलिकति मत्थर भएको छ । तर पनि हाम्रोजस्तो कृषि प्रधान भनिएको ठाउँमा, जहाँ ६० प्रतिशत जनसंख्या कृषि पेशामा अल्झिएको छ, त्यस्तो देशमा पनि कृषिको अवस्था यस्तो हालतमा छ कि हामीले जीविकाका लागि पनि खाद्यान्न बाहिरबाट निर्यात गर्नु पर्ने अवस्था छ । पहिले हाम्रो देश कृषिमा निर्यातक थियो, आत्मनिर्भर मात्र होइन । तर, अहिले आत्मनिर्भर पनि छैन, आयातक देश बनेको छ । यो बहुतै दुःखको कुरा हो । जसलाई हामी फेर्न चाहिरहेका छौं ।
अरु देशहरुको पनि स्थिति कमवेश त्यस्तै होला । कृषिमा धेरै ठूलो जनसंख्या अल्झिएको होला । मैले अघि नै भनिसकें, हाम्रोमा ६० प्रतिशत जनसंख्या अल्झिएको छ । कृषिको आधुनिकीकरण नभइकन सानासाना कृषि आधारित उद्योगहरुको विकास हुन सक्दैन । जबसम्म साना, मझौला, घरेलुु कृषिआधारित उद्योगहरुको विकास हुँदैन, तबसम्म रोजगारीको संकट पैदा भइरहन्छ । किनभने सबैभन्दा बढी रोजगारी त्यही अल्झिएको छ, त्यसलाई रोजगारी दिनुु पर्नेछ र त्यसलाई आयमूलक रोजगारी दिनुु पर्नेछ ।
हाम्रो देशबाट विदेश पलायन एउटा लहरजस्तो चलेको छ । किनभने रोजगारी पाएन मात्रै होइन, रोजगारी पाएका मान्छेको पनि जीविका रोजगारीले चलेन, त्यसकारण उनीहरु बाहिरिन्छन् । खाली विदेश जाने मात्रै होइन, आफ्नो थातथलो छोड्ने र अर्को नयाँ ठाउँमा जाने बेटर लाइफको र सहज जिन्दगीको खोजीमा बाहिर जाने चलिराखेको छ । दुुर्गमबाट सहजमा, सहजबाट शहरमा, शहरबाट ठूला शहरमा र ठूला शहरबाट विदेशतिर पलायन हुने प्रवृत्ति बढिराखेको छ । खेतवारी छ, त्यो भन्नुु मात्रै छ । त्यहाँको आम्दानीले अरु कुरा त छोड्दिऔं, खान लगाउन पुुग्दैन भने मान्छे कसरी थातथलो भनेर भावनामा कसरी बाँच्न सक्छ, कसरी रहन सक्छ रु त्यसकारण त्योभन्दा बाहिर मान्छे कुद्छ ।
अर्को कुरा, अहिले जमाना नै एकखालको असन्तुष्टिप्रधान छ । एक खालको भावनामा बग्ने खालको छ । अहिलेको समय असन्तुष्टि व्यक्त गर्नु आफ्नो विशेषता ठान्छ । मान्छे असन्तुुष्ट छ, असन्तुुष्ट व्यक्त गर्न चाहन्छ । त्यसलाई फ्युुलिङ गरेर अराजक तत्वहरु अस्थिरता ल्याउन खोज्छन् । व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने, संविधान नमान्ने, केही पनि नमान्ने, म जे भन्छुु त्यही मान्नुुपर्छ भन्ने र सडकबाट शासन चलाउने, विधिको शासन होइन । उनीहरुसँग जनमत पनि छैन । जनमत हुने भए उनीहरु सरकार बनाउँन्थे, चुनाव लड्थे, चुनावबाट बहुुमत ल्याउन्थे, सरकारमा आएर परिस्थितिमा परिवर्तन ल्याउन्थे । तर उनीहरु त्यसो गर्न सक्दैनन् । परिस्थितिमा परिवर्तन ल्याउने उनीहरुमा जनमत छैन । त्यसकारण सानो संख्याले अराजकता सिर्जना गर्ने र सानो संख्याले असन्तुष्टिलाई दुरुपयोग गर्ने र जनतामा रहेको असन्तुष्टिलाई दुुरुपयोग गर्ने र त्यस दुुरुपयोगलाई क्षणिक आन्दोलनको रुपमा ल्याउने । उनीहरुलाई कहाँ पुुग्ने, के प्राप्त गर्ने भन्ने थाहा छैन । त्यो प्राप्त गरेपछि के हुन्छ, त्यो थाहा छैन । कतिपय देशहरुमा अझ झिनामसिना आवाजहरु प्रतिगमनमा पनि सुनिन थालेका छन् । उतै फर्किनुुपर्छ भन्ने । नेपालमा जसरी देश अगाडि बढेको छ, त्यसलाई फेरि पछाडि फर्काउने खालका सोचहरु, प्रवृत्तिहरु, मागहरु केही हिजो समान्तवादी व्यवस्था हुँदा लाभ लिएका मान्छे वा अहिले पनि लाभ लिन सकिन्छ भन्ने ठान्ने मान्छेहरु त्यस्ता खालका प्रयासमा पनि लागेको देखिन्छ । उनीहरुसँग पनि जनमत छैन । तिनीहरु मेक्सिमम् देआर अराउण्ड फाइभ पर्सेन्ट नट मोर देन द्याट । बट अन द स्टिे«न्थ फाइभ पर्सेन्ट, दे वान्ट टुु चेन्च सिस्टम एण्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसडियर, कन्स्टिच्युसनल वे अर लिगल वे । दे वान्ट टुु चेन्ज द गर्भमेन्ट । दे वान्ट टुु क्याप्चर द पावर । त्यसो भएको हुनाले त्यस्ता कुराहरुको अलिकति संकेत देखा परेको छ । विभिन्न ठाउँहरुमा अराजकताहरु देखिएको छ । डेस्टिनेशन के हो भन्दा अन्तिममा गएर उही चुनावमा पुुग्नुुपर्छ । त्यही निर्वाचनमा नपुुगी धरै छैन कुनै हिसाबले पनि । जसरी भए पनि पावर क्याप्चर गर्दा पनि भोलि गएर चुनावमा जान परिहाल्छ, चुनावमा गएपछि फेरि ती तत्वहरु साइडमा लाग्छन् । किनभने तिनीहरु पपुलर तत्व हुन सक्दैनन् । तिनीहरुसँग न योगदान छ, न देश बनाउने भिजन छ । केही पनि छैन । उनीहरुको गन्तव्य नै केही छैन । एनार्किजम् एण्ड क्याप्चर द पावर, त्यति हो । त्यसकारण यस्ता प्रवृत्तिहरु पनि देखा पर्छन्, अहिलेको समाज असन्तुुष्टि प्रधान छ । त्यसकारण यसलाई हामीले साकारात्मक ढंग र सोचका साथ भिजन दिएर बदल्न सक्नुुर्दछ । वि ह्याब टुु चेन्ज द करेन्ट
