३० फाल्गुन २०८१, शुक्रबार | March 14, 2025

लागूऔषधसहित ११ जना पक्राउ


83
Shares

कैलाली,१ चैत्र । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् ।  टीकापुर नगरपालिका–९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका–१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय डेक बहादुर थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले डेक बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवन, कालिका नगरपालिका-८ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका नगरपालिका-९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले बा।प्र।०६-००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४४ ग्राम सहित रूकुम पश्‍चिम आठबिसकोट नगरपालिका-१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया