३० फाल्गुन २०८१, शुक्रबार | March 14, 2025

बालिकालाई जबरजस्ती गर्ने हेमन्त पक्राउ


83
Shares

बझाङ,१ चैत्र । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरको आरोपमा जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका–५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया