तनहुँ ब्यास–८ का ई.रोशन मिश्रद्धारा YSJSU को अध्यक्षमा उम्मेदवारी घोषणा

बेलायत,२८ फागुन । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय ई रोशन मिश्रले बेलायतस्थित York St John University Students’ Union (YSJSU) को President of Postgraduate Experience (अध्यक्ष) पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
तनहुँ–ब्यास ८ का स्थानीय समेत रहेका मिश्रले अध्यक्ष (President of Postgraduate Experience) मा निर्वाचित भएपछि वैज्ञानिक महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई आफ्नो पारिश्रमिकबाट १० हजार पाउण्ड दिने पनि घोषणा गरेका छन्।
मिश्रले आफुले अध्ययन गरेको मध्यपश्चिम विश्वविद्यालयमा नेपाल विद्यार्थी संघको वर्चस्व कायम राख्न ठुलो योगदान दिएका थिए । उनी केही समय अघि मात्रै नेपालबाट अध्ययनका लागि बेलायत पुगेका हुन् । बेलायतमा पुगेर छोटो समयमै पनि आफ्नो नेतृत्व गर्न सक्ने क्षमता प्रदर्शन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) का पूर्व उपाध्यक्ष पनि हुन् ।
विद्यार्थी जीवनको सुधारका लागि प्रतिबद्ध मिश्रले क्याम्पसभित्रका विविध सुधार योजनाहरू अघि सार्दै, सामाजिक दायित्व अन्तर्गत नेपालमा वैज्ञानिक अनुसन्धान प्रवर्द्धन गर्न आर्थिक सहयोग गर्ने बताए ।
विद्यार्थी भलाइका लागि उनको प्रतिबद्धताहरु
विद्यार्थी राजनीतिमा आबद्ध भएसँगै रोशन मिश्रले थ्यचप क्त व्यजल ग्लष्खभचकष्तथ मा विद्यार्थीहरूको शिक्षा, सीप विकास, मानसिक स्वास्थ्य, आवास समस्या, यातायात, तथा अन्य क्याम्पस सुविधाहरू सुधार गर्ने एजेन्डा अघि सारेका छन्। चुनाव जितेपछि उनले निम्न सुधारहरू लागू गर्ने प्रतिज्ञा गरेका छन् ।
✅ विद्यार्थी आवाजलाई बलियो बनाउने
द्धि-साप्ताहिक बैठकहरू राखेर विद्यार्थीका समस्या सुन्ने र समाधान पहल गर्ने।
विद्यार्थी अधिकार सुनिश्चित गर्न नीतिगत पैरवी गर्ने।
✅ गुणस्तरीय शिक्षा र सीप विकास
व्यावसायिक सीप विकास तालिमहरू र करियर केन्द्रित कार्यशालाहरू सञ्चालन गर्ने।
अनलाइन पुस्तकालय, ट्युटोरियल सेवा, र अतिरिक्त अध्ययन स्रोतहरू थप गर्ने।
✅ मानसिक स्वास्थ्य र भलाइ सुधार
निस्शुल्क परामर्श सेवा सञ्चालन गरी मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने।
खेलकुद, ध्यान, र भलाइसम्बन्धी कार्यक्रमहरू आयोजना गर्ने।
✅ क्याम्पस भित्रका सुविधाहरू सुधार
स्टडी स्पेस, क्याफेटेरिया सेवा, र Wi-Fi जडान सुधार गर्ने।
विद्यार्थीहरूको यातायात र आवास समस्यामा समाधान खोज्ने।
✅ समावेशी विद्यार्थी समुदाय निर्माणस्
अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागतयोग्य वातावरण उपलब्ध गराउने।
सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरी विद्यार्थीहरूबीचको सम्बन्ध मजबुत बनाउने।
पारिश्रमिकबाट नेपाललाई योगदान
रोशन मिश्रको प्रतिबद्धता विद्यार्थी भलाइ र क्याम्पस सुधारमा मात्र सीमित छैन। उनले नेपालका लागि समेत ठूलो योगदान दिने घोषणा गरेका छन्। चुनाव जितेपछि उनले आफ्नो पारिश्रमिकबाट घ्ज्ञण्,ण्ण्ण् ९झन्डै १७ लाख रुपैयाँ० वैज्ञानिक महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई दिने घोषणा गरेका छन्।
“विद्यार्थीहरूको सेवा मेरो पहिलो कर्तव्य हो। म क्याम्पस सुधारका लागि काम गर्नेछु, तर साथसाथै नेपालका लागि पनि योगदान दिन चाहन्छु। अनुसन्धान र नवप्रवर्तन हाम्रो देशको भविष्य हो, त्यसैले वैज्ञानिक महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रलाई सहयोग गर्नु आवश्यक छ,” उनले भने।
विद्यार्थीहरूले किन भोट दिनुपर्छ
✅ विद्यार्थीका वास्तविक समस्याहरू बुझ्ने र समाधान गर्न प्रतिबद्ध।
✅ समावेशी र प्रभावकारी नेतृत्वको प्रत्याभूति।
✅ नेपाल र नेपाली नवप्रवर्तनलाई आर्थिक सहयोग गर्ने इच्छाशक्ति।
✅ विद्यार्थीहरूको भलाइका लागि स्पष्ट कार्ययोजना।
“तपाईंको एउटा भोटले परिवर्तन ल्याउन सक्छ”