२८ माघ २०८१, सोमबार | February 10, 2025

मुकुलले खुलाएका युएसएआइडीको कार्यक्रमसँग जोडिएका रास्वपाका ४ सांसद को को


February 9, 2025
67.5k
Shares

काठमाडौं, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वनेता मुकुल ढकालले युएसएआइडीको कार्यक्रम बन्द भएका रास्वपाका चार सांसदलाई प्रत्यक्ष असर पर्ने खुलाएका छन् । उनले सामाजिक सञ्जालमा आइतबार लेख्दै रास्वपाका बहुचर्चित सांसदहरुको सचिवालय खर्च बन्द हुने खुलासा गरेका हुन् ।

उनले चार सांसद को को हुन् स्पष्ट नपारेपनि उनीहरुको सम्बन्ध एनजीओ आइएनजीओसँग जोडिएको छ । उनीहरु बहुचर्चित पनि भनेका छन् ।

एनजीओ आइएनजीओ पृष्ठभूमिका रास्वपाका बहुचर्चित सांसदहरुमा डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, सुमना श्रेष्ठ हुन् । बहुचर्चितमध्ये सोविता गौतम पनि पर्छिन् ।

ढकालले युएसएआइडीको कार्यक्रम बन्द हुँदा मिसिनरीहरुको कार्यक्रम पनि बन्द हुने र कैयन सांसदको रोटी पनि बन्द हुने खुलाएका छन् ।

प्रतिक्रिया