२२ माघ २०८१, मंगलबार | February 4, 2025

मुल्यांकनसम्बन्धि काम स्थगित गरेर ‘एनभिए डे–२०८१’ मनाउन आग्रह


February 4, 2025
1.8k
Shares

काठमाडौं,२२ मंगलबार । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले भोलि (बुधबार) १४औं स्थापना दिवस (एनभिए डे –२०८१) भव्यताका साथ मनाउदै छ ।

१४औं स्थापना दिवसको अवसरमा एनभिएले देशभरका सबै इन्जिनियरहरुलाई मुल्यांकनसम्बन्धि नियमित कार्य स्थगित गरी आफुलाई पायक पर्ने केन्द्र,प्रदेश वा च्याप्टर कार्यालयमा उपस्थित भएर हर्षोल्लासका साथ मनाउन आग्रह गरेको हो ।

वि.स.२०६८ सालमा स्थापना भएको एनभिएले आगामी माघ २३ गते बुधबार विभिन्न कार्यक्रमसहित भव्यताका साथ ठमेलस्थित होटल यात्रीमा स्थापना दिवस मनाउन लागेको हो ।

मंगलबार एक विज्ञप्ती जारी एशोशिएसनले भोलि मुल्यांकनसम्बन्धि सम्पुर्ण कामकाज रोकिने भएकोले पर्न गएको असुविधाप्रति पनि क्षमायाचना गरेको छ ।  बुधबार एनभिएले वरिष्ठ भ्यालुयर्स इन्जिनियरलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

 

प्रतिक्रिया