आशिका तामाङलाई छुटाउन दिनेश त्रिपाठी पुगेपछि…
काठमाडौं, १९ माघ । यतिबेला चर्चामा छन् वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी । उनी जस्तोसुकै डर, धाक र धम्कीसँग नडराई न्यायका लागि बहसमा पुगिहाल्छन् । शुक्रबार पनि उनी अभियन्ता आशिका तामाङलाई छुटाउन बहसका लागि पुगे भक्तपुर जिल्ला अदालतमा ।
तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा थुनछेक बयान र बहस भयो शुक्रबार । वरिष्ठ अधिवक्ता त्रिपाठीले उनको पक्षमा बहस गरे । देशभित्र र बाहिरको अभ्याससहित खरो बहस गरेका थिए उनले ।
अदालतले उनलाई २० हजार धरौटीमा रिहा गर्ने फैसला सुनायो । त्यसपछि आशिकाले आनन्दको स्वास फेरिन् ।
उनलाई हथगडी लगाइएकोमा चर्को आलोचना भएको थियो । आशिकाले बेथिती र विसंगतिविरुद्ध आवाज उठाइन् । उनको शैली कठोर खालको भएकाले समस्यामा परिन् ।