बिरामी बोकेको सुमो दुर्घटना,आमाछोरासहित ३ जनाको मृत्यु
काठमाडौं,१७ माघ । ओखलढुंगामा टाटा सुमो दुर्घटना भएको छ ।
मानेभन्ज्याङ गाउँपालिका–७ स्थित सिद्धिचरण राजमार्गमा टाटा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको हो ।
टाटा सुमो बिरामी बोकेर खोटाङको दिक्तेदबाट काठमाडौंतर्फ जाँदै गरेको थियो ।
मृत्यु हुनेमा मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त तारा गुरुङ रहेका छन् ।
मायादेवीले छोरा बिरामी भएपछि आफन्त तारालाई बोलाएर काठमाडौं आउदै गर्दा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।