बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं,२६ पुस । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ ।
अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले शुक्रबार आवेदन माग गरेको हो ।
समितिले आज सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।